Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

आर्सनलले १४ वर्षपछि म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा हरायो

आर्सनलले १४ वर्षपछि म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा हरायो

काठमाडौं ।  आर्सनलले म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा पिएर–एमरिकले गोल गरे । सोही गोल नै आर्सनलको जितका लागि निर्णायक बन्यो ।

जितपछि सात खेलबाट १२ अंक जोडेको आर्सनल नवौँ स्थानमा पुगेको छ । पराजित भएको म्यानचेस्टर युनाइटेड सात अंकसहित १५ औँ स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा साउथह्याम्पटनले एस्टन भिल्लालाई ४–३ ले पराजित गरेको छ।