Loading... आजः ८ मंसिर २०७७, सोमबार

देहरादुनमा कुटिएका विद्यार्थीको निःशुल्क उपचार व्यवस्था गर्न नेविसंघको माग

देहरादुनमा कुटिएका विद्यार्थीको निःशुल्क उपचार व्यवस्था गर्न नेविसंघको माग

काठमाडौं ।  भारतको देहरादुनमा कुटपिटपछि घाइते भएका नेपाली विद्यार्थीको निःशुल्क उपचार व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघले सरकारसँग माग गरेको छ।

देहरादुनको भगवान्तपुर पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो। घाइते दुई विद्यार्थी भने भागेर कात्तिक १० मा नेपाल फर्केका छन्।

मानव अधिकारका आधारभूत मान्यतालाई सम्मान नगरि विद्यार्थीमाथि कुटपिट भएको संघका अध्यक्ष राजीव ढुङ्गानाले जनाएका छन्। नेविसंघले घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कारबाहीको पहल गर्न सरकारसँग माग गरेको छ।

पीडित विद्यार्थीको न्यायका लागि सरकारी तत्परता हुनुपर्ने महामन्त्री बलदेव तिमल्सिनाले बताए। उनले भने,‘देश भित्र होस् वा देश बाहिर अध्ययन गर्ने विद्यार्थीको अधिकारप्रति सरकारले बेवास्ता गरेको छ।’