Loading... आजः १४ मंसिर २०७७, आइतवार
Trending:

फ्रान्सको निस शहरस्थित चर्चमा चक्कु आक्रमण, तीन जनाको मृत्यु

फ्रान्सको निस शहरस्थित चर्चमा चक्कु आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । फ्रान्सको निस शहरस्थित चर्चभित्र चक्कु आक्रमणमा परि तीन जनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुई जनामाथि चर्चभित्रै आक्रमण गरिएको थियो । एक वृद्ध महिला र पुरुषलाई घाँटी काटिएको अवस्थामा फेला पारिएको थियो ।

भागेर नजिकको एउटा क्याफेसम्म पुगेकी अर्की महिलामाथि कैयौँ पटक आक्रमण गरिएको पाइएको थियो ।

घटनालगत्तै प्रहरीले गोली हानेर सन्दिग्धलाई पक्राउ गरेको छ । २१ वर्षिय आक्रमणकारी केही दिनअघि मात्रै ट्यूनिसियाबाट आएको स्थानीय अधिकारीले जनाएका छन् ।

राष्ट्रपति इम्यानुएल म्याक्रोले घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताउनु भएको छ ।

फ्रान्सका प्रतिआतंकवादसम्बन्धी अभियोजनकर्ताहरूले घटनाबारे अनुसन्धान शुरू गरेका छन् ।

यसै महिनाको शुरूतिर पैगम्बर मोहम्मदका विवादास्पद कार्टुन देखाएका एक फ्रेन्च शिक्षकको हत्याको घटनासँग पछिल्लो आक्रमणलाई दाँजेका छन् ।

प्रहरीले भने निसमा गरिएको आक्रमणको उद्देश्य थाहा हुन नसकेको जनाएको छ ।

यद्यपि फ्रेन्च व्यङ्ग्य पत्रिकाले पैगम्बर मुहम्मदको कार्टुन प्रकाशित गरेकोमा राष्ट्रपति माक्रोंले बचाउ गरेपछि मुस्लिम बहुल केही देशमा भएका प्रदर्शनबीच पछिल्लो घटना भएको हो ।

कतिपय देशले फ्रान्सका उत्पादनहरू बहिष्कार गर्न आह्वान गरेका थिए ।(एजेन्सी)