Loading... आजः १२ मंसिर २०७७, शुक्रबार
Trending:

१५ दिनसम्म घरबाहिर ननिस्कन कोरोना संक्रमितलाई वडा सदस्य शाहीको आग्रह

१५ दिनसम्म घरबाहिर ननिस्कन कोरोना संक्रमितलाई वडा सदस्य शाहीको आग्रह

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य इन्दिरा शाहीले होम आईशोलेशनमा रहेका कोरोना संक्रमितहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएकी छिन् ।

Image may contain: one or more people, people standing and outdoor, text that says 'REDMI NOTE 9 PRO AI QUAD CAMERA'

३३ जना संक्रमित रहेका वडामा २२ जना डिस्चार्ज भईसकेका छन् भने ११ जना संक्रमित होम आईशोलेसनमा रहेका छन् । स्वास्थकर्मीहरुको साथमा पुगेकी शाहीले संक्रमतिको स्वास्थ अवस्था, स्वास्थ सावधानी, सरसफाई के कसरी गरिएको छ भनेर अनुगमन पनि गरेकी थिईन ।

Image may contain: 1 person, standing

संक्रमितको घरघरमा पुगेकी वडा सदस्य शाहीले स्वास्थ सावधानी अपनाएर सुरक्षित रहन आग्रह पनि गरेकी थिईन। साथै १५ दिनसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरिएको सत्यपार्टी डटकमलाई जानकारी दिईन ।

नगरकार्यपालिका सदस्य समेत रहेकी शाहीले जटिल अवस्था आए तत्काल वडामा फोनमार्फत सम्पर्क गर्न पनि आग्रह गरेको बताएकी छिन् ।