Loading... आजः १० मंसिर २०७७, बुधबार
Trending:
कोरोना कहर

कोरोना संक्रमणका कारण सह–प्राध्यापक भण्डारीको निधन

कोरोना संक्रमणका कारण सह–प्राध्यापक भण्डारीको निधन

बाँके । कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या बाँकेमा थपिँदै गएको छ । महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक डोलराज भण्डारीको कोरोना संक्रमणकै कारण निधन भएको छ । नेपालगन्ज–१ धम्बोझी निवासी ५० वर्षीय भण्डारीको शुक्रवार राती १० बजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गत असोज २५ गते कोरोना संक्रमणको शंका लागेर स्वाब टेष्ट गराएका भण्डारीलाई अर्काे दिनमै संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट श्वासप्रश्वासमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनको शुक्रवार राती निधन भएको अस्पतालले जनाएको छ ।

गत असोज २५ गते कोरोना संक्रमणको शंका लागेर स्वाब टेष्ट गराएका भण्डारीलाई अर्काे दिननै संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्टनै श्वासप्रश्वासमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनको शुक्रवार राती निधन भएको अस्पतालले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेहरुको संख्या ३० पुगेको छ ।