Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रकरण

संसदीय दलले गर्ला कर्णाली विवादको छिनोफानो ?

संसदीय दलले गर्ला कर्णाली विवादको छिनोफानो ?

बाँके । कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको छिनोफानो गर्न आज (शुक्रबार) संसदीय दलको बैठक बस्दैछ । सत्तारुढ नेकपाको केन्द्रमासमेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो ।

बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । नेपालीका अनुसार बैठकमा संसदीय दलमा पेस भएको मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । उनले केन्द्रले समेत मिलाउन नसकेको प्रदेश संसदीय दलको विवाद अब प्रदेशबाटै मिल्ने दाबी गरिन् ।

‘आज संसदीय दलबाटै विवादको छिनोफानो गरिनेछ,’ उनले भनिन्, ‘यसको लागि विवादित पक्षसँग छलफल गरी समस्या समाधानको पहल गर्ने कोसिस हामीले गरका छौं ।’ मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावका अगुवा पार्टीका प्रदेश सहइन्चार्ज यामलाल कँडेल पक्ष भने बैठकको पक्षमा नरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरु आजको बैठकमा सहभागी हुने छैनन् ।

कर्णाली प्रदेशमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मंगलबार एकआपसमा बाझिने गरी छुट्टाछुट्टै प्रेस नोट जारी गरेका थिए । दुबै अध्यक्षका प्रेस नोटमा ‘मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता गराउने’ बुँदा उल्लेख छ ।