Loading... आजः १२ मंसिर २०७७, शुक्रबार
Trending:

कोरोनाका कारण लमहीका एक पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु

कोरोनाका कारण लमहीका एक पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु

दाङ । दाङको लमहीका एक ५५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

लमही नगरपालिका ५ का ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना युनिटमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार बेलुका मृत्यु भएको थियो । कोरोना संक्रमन पुष्टि भएपपछि उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए ।

सम्भव भएसम्मका सबै विधि अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनी लामो समयदेखि उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित थिए । योसँगै बाँकेमा हालसम्म ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्‍न जिल्लाबाट उपचारका लागि बाँके लगिएका १६ जना र बाँके जिल्लाकै २९ जनाको मृत्यु भएको हो ।