Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

कलाकार शिवहरि पौड्याललाई मातृ शोक

कलाकार शिवहरि पौड्याललाई मातृ शोक

काठमाडौं ।  कलाकार शिवहरि पौड्याललाई मातृ शोक परेको छ ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका पौड्यालकी आमा गंगादेवी पौड्यालको १०० वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।उनले सामाजिक सञ्जाल मार्फत आमाको निधनको खबर सार्वजनिक गरेका हुन्।

पौड्यालले लेखेका छन्, ‘दुखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ की गरिन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

स्वर्गमा बास होस् मेरी प्यारी आमा ।’ विसं १९७७ को फागुनमा जन्मिएकी शिवहरि पौड्यालकी आमाको आइतबार राति ११ बजेपछि निधन भएको हो ।