Loading... आजः ७ कार्तिक २०७७, शुक्रबार

गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु, पाँच हजार ७८६ संक्रमित

काठमाडौं ।  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म कूल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।