Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
Trending:

भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ३२ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ३२ जनाको मृत्यु

काठमाडौं । भारतमा केही समययता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित घटेसँगै मृत्युदरमा पनि कमी आएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ६२  हजार ९२ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ७४ लाख ९२ हजार ७ सय २७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४  पुगेको छ ।

त्यस्तै हालसम्म ६५ लाख ९४ हजार ३ सय ९९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।  भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतका ठुला शहरहरुमा कोरोना सक्रमितको संख्या बढी रहेका छन् ।