Loading... आजः ४ कार्तिक २०७७, मंगलवार
कोरोना कहर

नेपालमा पछिल्लो २४ घन्टामा थप ३,१६७ जनामा कोरोना पुष्टि, १,८०० डिस्चार्ज

थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप ३,१६७ जनामा कोरोना पुष्टि, १,८०० डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उनले जानकारी दिए । काठमाडौं उपत्यकामा मात्रै एक हजार ७४६ जना संक्रमित थपिएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा एक हजार ४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

थप १,८०० ‘डिस्चार्ज’

पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ८०० जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोना निको भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको मन्त्रालयले जनाएको छ ।