Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

पर्सामा भारतीय नागरिकको घरमा प्रहरीको छापा, २२ किलो सुन बरामद

पर्सामा भारतीय नागरिकको घरमा प्रहरीको छापा, २२ किलो सुन बरामद

काठमाडौं । प्रहरीले पर्साको वीरगन्ज क्षेत्रबाट २२ किलो सुन बरामद गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार वीरगन्ज महानगरपालिका ६ विर्तामा एक भारतीय नागरिकको घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त नेतृत्वको टोलीले भारतीय नागरिकको घरमा छापा मारेर लुकाएको अवस्थामा २२ किलो सुन बरामद गरेको हो।

उच्च स्रोतका अनुसार अपरेशन जारी रहेको र थप विवरण आउन बाँकी छ।