Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

चितवनमा कोरोनाबाट जनप्रतिनिधिसहित २ जनाको मृत्यु

चितवनमा कोरोनाबाट जनप्रतिनिधिसहित २ जनाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना खैरहनी नगरपालिकाका हुन् ।

जिल्लाको खैरहनी नगरपालिकाका वडा नं. १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

यसअघि, चितवनमा भरतपुर महानगरपालिका वडा नं. २० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ निवासी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई गत असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज बिहान २ बजेर ८ मिनेटमा उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।