Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
कोरोना कहर

कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको सङ्क्रमणबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य रहेको बताएको छ । यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो ।

उसले युरोपमा अब दैनिक १ हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको छ । बीबीसीले प्रकाशित गरेको समाचारअनुसार गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए ।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ । यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्यान्ड र जर्मनीलगायत देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।