Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

तीन जना नवनियुक्त मन्त्रीले लिए शपथ

तीन जना नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहबीच सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार मन्त्री नियुक्त भएका विष्णु पौडेलले अर्थमन्त्रीको, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्रीको र लीलानाथ श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीकोे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले तीनै जनालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् । शपथ लगत्तै आजै मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।