Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

डलरको मूल्य बढ्दै : यस्तो छ आजको विनिमयदर

डलरको मूल्य बढ्दै : यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज असोज २८ गते बुधबार । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ । आजको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर ११७.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७७ रुपैयाँ रहेको छ । पाउन्ट स्टर्लिङको खरिद दर १५२.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.६५ रुपैयाँ रहेको छ ।

यता, साउदीको रियालको खरिद दर ३१.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३७ रुपैयाँ रहेको छ । यूएईको दिरामको खरिद दर ३१.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०४ रुपैयाँ रहेको छ ।