Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

हँसिया प्रहारबाट दुई जना गम्भीर घाइते

हँसिया प्रहारबाट दुई जना गम्भीर घाइते

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–६ मा खेत निर्माण गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वित्थडचिर गाउँपालिका–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा रहेका छन् ।

उनीहरु दुवै जनालाई स्थानीय राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमिनमा माटो फालेको भन्दै हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । उनले प्रहार गरेको हँसियाले लालु स्याँडाको टाउको र हातमा गम्भीर चोट लागेको छ भने चन्द्रसिंह स्याँडाको गर्धन र पिठ्युमा गम्भीर चोट लागेको छ ।

गम्भीर घाइते दुबै जनालाई उपचार हुन सम्भव गर्न नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ भने हँसिया प्रहार गर्ने नाथलाई प्रहरीले भाग्ने क्रममा धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याइएको छ ।