Loading... आजः १४ मंसिर २०७७, आइतवार
Trending:

नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै ग्यारेज

नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै ग्यारेज

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ । नेपालगन्ज उपमहानगरपालिका–१३ स्थित जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरेको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले आधुनिक ग्यारेजको उद्घाटन गरेका थिए ।

ग्यारेज सञ्चालनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण सवारी साधनको मर्मतसम्भार यहि हुने प्रशासन प्रमुख राजन केसीले जानकारी दिए । नगरको आप्mनै ग्यारेज भएपछि फोहर ब्यवस्थापनमा थप सहज हुने केसीले बताए ।