Loading... आजः ५ कार्तिक २०७७, बुधबार

उडिरहेका दुई विमान ठोक्किए, पाँच जनाको मृत्यु

उडिरहेका दुई विमान ठोक्किए, पाँच जनाको मृत्यु

काठमाडौं ।  उडिरहेका दुई सानो आकारका विमान आकाशमा ठोक्किएर दुर्घटना भएको छ।

फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टूर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समय अनुसार शनिबार बेलुका साढे चार बजे दुई विमान ठोक्किएका हुन् ।

दुर्घटना लगत्तै ५० जना अग्निनियन्त्रकसँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए । ठोक्किएर दुई विमान भूइँमा खसेका हुन्, तर जमिनमा रहेका कोहीलाई पनि केही भएन ।

दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोक्किएका हुन् । दुवै विमानमा रहेका गरी कुल पाँचजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनाको अनुसन्धान सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।