Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

आइपिएल : कोहलीको उत्कृष्ट ब्याटिङमा बेंग्लोरले चेन्नईलाई हरायो

आइपिएल : कोहलीको उत्कृष्ट ब्याटिङमा बेंग्लोरले चेन्नईलाई हरायो

काठमाडौं । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपरकिंग्सलाई ३७ रनले पराजित गरेको छ।

जारी आइपिएलमा बेंग्लोरको यो चौथो जित हो। चार जितबाट ८ अंक जोडेको बेंग्लोर चौथो स्थानमा छ। यता चेन्नईले सात खेल खेल्दा केवल दुई खेलमा मात्र जित हात पारेको छ भने अंक तालिकाको छैटौं स्थानमा सीमित छ।

शनिबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ४ विकेटको क्षतिमा १६९ रन जोड्यो। ओपनिङ ब्याट्सम्यान आरोन फिन्च २ रनमा आउट भएपछि मैदान प्रवेश गरेका कप्तान विराट कोहलीले टिमका लागि सबैभन्दा बढी ९० रन जोडे। उनले ५२ बलमा ४ चौका र ४ छक्का हिर्काए।

ओपनर देवदुत पडिकलले ३३ रन जोडे। एबी डी भिलियर्स शून्यमा आउट हुँदा वासिङ्सन सुन्दरले १० रन र शिभम् दुबेले नटआउट २२ रन बटुले। बलिङमा चेन्नईका शार्दूल ठाकुरले २ विकेट लिए।

१७० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्र जोड्यो। ओपनिङ ब्याट्सम्यान फाप डु प्लेसिस ८ रनमा आउट भए। यस्तै ओपनर सेन वाट्सनले १४ रन जोड्दा अम्बाती रायुदुले ४२ रन बनाए।

नारायण जगदिसनले ३३ रन जोड्दा अन्यस ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा बेंग्लोरका क्रिस मोरिसले ३ विकेट लिए।  वासिङ्टन सुन्दरको नाममा २ विकेट रह्यो।

आइपिएलमा आइतबार दुई खेल हुनेछन्। जसमा पौने चार बजे राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद तथा पौने आठ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।