Loading... आजः ९ मंसिर २०७७, मंगलवार
Trending:

नेकपा सचेतक शान्ता चौधरी आइसीयूमा

नेकपा सचेतक शान्ता चौधरी आइसीयूमा

काठमाडौं । लक्षणसहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो ।

चार दिनसम्म सधारण वार्डमा राखेर उपचार गराउँदा स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा सारिएको हो । क्यान्सरजस्तो जटिल रोगलाई जितेकी शान्तालाई पछिल्लो समय दमले च्यापेको थियो । दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । शान्तालाई २०७१ सालमा स्तन क्यान्सर भएको थियो । जसको उपचार उनले भारतको नयाँ दिल्लीमा गरेकी थिइन् ।

उपचारका लागि सरकारले दिएको रकमबाट बँचेको ५ लाख रुपैयाँ पनि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् । वीर कोभिड अस्पतालमा भर्ना भएपछि यही २० गते उनले आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी थिइन् । उपचारमा संलग्न चिकित्सकहरुले कोरोनाका कारण स्वास्थ्यमा जटिलता थपिएपछि शान्तालाई आइसियुमा सारिएको जानकारी दिएका छन् ।