Loading... आजः ९ मंसिर २०७७, मंगलवार

चेतना क्षेत्रीको सत्यपाटी डटकममा एक दिनको सम्पादकीय अनुभव (फोटोफिचर)

चेतना क्षेत्रीको सत्यपाटी डटकममा एक दिनको सम्पादकीय अनुभव (फोटोफिचर)

बाँके । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको डिजिटल टेकओभर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत चेतना क्षेत्री एक दिनका लागि सत्यपाटी डटकमकोको सम्पादक बनेकी हुन् ।

उनले बालबिवाह : ‘एक सामाजिक कुरिती’ शिर्षकको समाचार सम्पादन गरेकी हुन् । चार दिनको अनलाईन तालिम लिएकी उनले समाचार सम्पादन गर्दा नौलो अनुभव गरेको बताईन् ।

सत्यपाटी डटकमको कार्यालय आएकी क्षेत्रीलाई समाचार लेखन, सम्पादन, अनलाइनमा समाचार/फोटो प्रकाशन र अनलाइन समाचारलाई सामाजिक सञ्जालमार्फत गरिने मार्केटिङ विधिबारे पनि जानकारी गराइएको थियो ।

बालविवाहको विषयमा समाचार संकलन गर्न जाँदा कस्ता कुरामा ध्यान दिन, समाचार संकलनमा जाँदै छु भनेर कस्लाई जानकारी गराउने, आफूँ कसरी सुरक्षित रहने जस्ता कुराहरुपनि क्षेत्रीलाई जानकारी दिइएको थियो ।

क्षेत्रीले समाचार संकलन भन्दा पनि सम्पादको पार्टो अझ गाह्रो लागेको बताईन् । तालिममा सिकेका कुराहरु यसरी व्याहारिक रुपमा प्रस्तुत गर्न पाउँदा आफूँलाई खुसी लागेको भन्दै आगामी दिनमा आफ्नो समाचार लेखन, संकलनको क्षमतालाईअझैं बढाउदै लैजाने पनि बताईन् ।