Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

अजय देवगनका भाइ अनिल देवगनको निधन

अजय देवगनका भाइ अनिल देवगनको निधन

काठमाडौं ।   बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । अजयले भाइको निधनको खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् जानकारी दिएका छन् ।

उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ । अजय देवगन फिल्म्स र मलाई उनको कमीले घोचिरहनेछ ।

आत्माका लागि प्रार्थना गर्नुहोस् । कोरोनाभाइरस महामारीका कारण कुनै व्यक्तिगत शोक सभा आयोजना गरिएको छैन ।’ अनिलको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन । तर भारतीय केही मिडियामा उनी क्यान्सरबाट ग्रसित भएको बताइन्छ ।

अनिलको निधनमा थुप्रै सेलिब्रिटीले शोक व्यक्त गरेका छन् । जसमध्ये प्रियंका पनि एक हुन् ।

प्रियंकाले ‘ब्ल्याकमेल’ को समयलाई याद गर्दै लेखिन्, ‘रेष्ट इन पिस अनिल देवगत । कति दुःखद र विक्षिप्त पारिदिने क्षती । मैले उनीसँग ब्ल्याकमेलमा काम गर्ने मौका पाएँ । एक क्षमतावान् निर्देशक र शानदार व्यक्ति ।

अजय, काजोल र पूरा परिवारलाई मेरो मनैदेखि समवेदना ।’