Loading... आजः ९ मंसिर २०७७, मंगलवार

आजदेखि तातोपानी नाका सञ्चालनमा

आजदेखि तातोपानी नाका सञ्चालनमा

काठमाडौं ।  तातोपानी नाका सोमबारदेखि सञ्चालनमा आएको छ ।

पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका  सञ्चालनमा आए लगत्तै आयात सुरू गरिएको छ ।

नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सञ्चालन गर्ने सहमती भएसँगै आजदेखी नै नाकाबाट आयात सुरू भएको हो ।

गएको असार २५ गतेदेखि बन्द भएको तातोपानी नाका सञ्चालनमा आएपछि आइतबार नै ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु भित्रिएको छ ।