Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
सशक्त बन्दै सम्वाद सहजीकरण

नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको तयारीमा

नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको तयारीमा

बाँके । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय लगायतका सेवा प्रदायक कार्यालय पुनःस्थापनाको लागि सम्वाद सहजीकरणलाई सशक्त बनाइँदैछ । पाच वर्षअघि नेपालगन्जमा खुम्चिएको प्रशासन कार्यालय पुनःस्थापनाको माग र पहल विफल भएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग निरन्तर सम्वाद प्रक्रिया अघि बढाएको हो ।

राज्यको सशक्त र प्रभावकारी उपस्थिति नरहेको नरैनापुरमा नागरिकता लगायत सरकारी सिफारिसजस्ता आधारभूत अत्यावश्यक सेवा लिन नेपालगन्ज पुग्नुपर्ने विवशता कायमै रहेपछि नरैनापुर गाउँपालिकाले पनि आवश्यक पहलका लागि सक्रियता देखाएपछि नरैनापुरमा इलाका प्रशासन पुनःस्थापनाको तयारी थालिएको हो ।

इलाका प्रशासन कार्यालय लगायतका कार्यालय पुनःस्थापना गरी सहज सेवा प्रवाहको बातावरणका लागि सहजीकरण गरिदिन नरैनापुर गाउँपालिकाले गत जेठ ८ गते सम्वाद समूह अन्तरगत सम्वाद सहयोगी समूह नरैनापुरलाई अनुरोध गरेको थियो । सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा नरैनापुर गाउँपालिकामा सेवा प्रदायक कार्यालयको पुनःस्थापना र सेवा प्रवाहको सहज वातावरण बनाउन सरोकारवालाबीच सम्वाद सहजीकरण गरिएको हो ।

जिल्ला समवय समितिका प्रमुख अजयकमार श्रीवास्तव, समन्वय अधिकारी लोकबहादुर सुनार, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको विशेष उपस्थितिमा गरिएको अन्तरसम्वादमा कानून प्रदत अधिकार र सेवा प्राप्त गर्ने बातावरण सिर्जना गर्न सामुहिक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाई र सम्वाद सहसहजकर्ता मकबुल मुकेरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष शाहले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय र शाखा पुनःस्थापनाको ढिलाई अब स्वीकार्य नहुने बताए । प्रमुख प्रशासकीय अधिृकृत महेन्द्रजंग शाहीले नागरिकता प्राप्ति लगायतका सेवा पाउन असहज भएकाले थप सेवालाई पनि प्रभावित बनाइरहेको गुनासो गरे ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष दिनेश शर्मा, सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल वाटा लगायतले पनि आफनो भनाई राखेका थिए । सम्वाद समूह बाँकेका सहजकर्ता चौलागाईसँगको सम्वादमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले इलाका प्रशासन कार्यालय स्थापनाको तयारी भएपनि त्यहाँ अधिकृत नपठाइदा ढिलाई भएको स्वीकार गरे ।

अन्य सेवा प्रदायकको सेवाबारे पनि गाउँपालिकाकै समन्वयमा सम्वद्ध कार्यालयसँग पहल गरिने उनले विश्वास दिलाए । सम्वाद समूह बाँकेले जिल्लास्थित सम्वद्ध सरोकार निकायसँग थप सम्वाद सहजीकरण गर्ने तयारी गरेको छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुख, सुरक्षा यूनिटका प्रमुख, वडाध्यक्ष र सम्वाद सदस्यवीचको अन्तर सम्वादमा इलाका प्रशासन कार्यालय, छोटी भन्सार, नापी, पशु क्वारेटाइन पुनःस्थापना र सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा आवश्यक पहल गर्नुपर्ने सुझाइयो ।