Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

ला लिगामा रियल मड्रिड विजयी

ला लिगामा रियल मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो ।

रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे । रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

जिनेदिन जिदानले लिगको सुरुवाती दुई खेलमा ४ अंक बटुलेका थिए । भालाडोलिडका गोलकिपर रोबर्टोले फेडरिको भाल्भर्डे र लुका जोभिकको उत्कृष्ट प्रहारलाई बचाउ गर्दै रियललाई निराश बनाएका थिए ।

तर, दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जुनियरले गोल गर्न सफल रहे ।

योसँगै शीर्ष स्थानमा रहेका गेटाफे, भिया रियल र भ्यालेन्सियलाले ७ अंक जोडेका छन् ।
एजेन्सी