Loading... आजः ९ मंसिर २०७७, मंगलवार

बालिका बलात्कारका दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न नेविसंघको माग

बालिका बलात्कारका दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न नेविसंघको माग

काठमाडौं ।  नेपाल विद्यार्थी संघले बझाङको मष्टा गाउँपालिका की १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटनाप्रति दु:ख व्यक्त गर्दै यस्तो जघन्य तथा क्रुर अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ।

नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता घटना दोहोरिन नदिन र दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउन  सरकारसँग माग गरेको छ।

केही पहिले नवराज विकलगायतका युवाहरुको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको पनि प्रष्ट भएको संघले उल्लेख गरेको छ।