Loading... आजः ५ कार्तिक २०७७, बुधबार

मन्दिरमा नाङ्गो अवस्थामा बालिकाको शव भेटियो

मन्दिरमा नाङ्गो अवस्थामा बालिकाको शव भेटियो

बझाङ । जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी एक बालिका बुधबार मृत भेटिएकी छन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा निलडाम चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बिजुल्ली कामीकी १२ बर्षिया छोरीको मृत अवस्थामा लास भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रुपक खड्काको टोली घटनास्थलमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरी नायव उपरीक्षक खड्काले घटना रहस्यमय देखिएको बताएका छन् । घटनाको थप अनुसन्धान गरी घटनामा संग्लग्न व्यक्क्तिहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार १६ बर्षिया राजेन्द्र बोहोरालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी रहेकोसमेत जनाएको छ । बालिकाले कानमा लगाएको सुन पनि लिएको र शरीरभरी निलडाम हुँदा बलत्कारपछि हत्या भएको प्रहरीले अनुमान गरेको छ ।