Loading... आजः ५ कार्तिक २०७७, बुधबार

स्याङजामा पहिरोले घर भत्कियो : एकको मृत्यु, आठजना पुरिए

स्याङजामा पहिरोले घर भत्कियो : एकको मृत्यु, आठजना पुरिए

काठमाडौं ।  लगातार वर्षापछि पहिरोले घर भत्किएर स्याङजामा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ मा रहेको माया परियारको घर भत्किएको हो ।

१० जना रहेको उक्त घरमा एकजनाको उद्धार भएको छ भने अन्य आठजना पुरिएका छन् । प्रहरीका अनुसार घरभित्र रहेका १० मध्ये एक जनाको शव निकालिएको हो । अर्को एकजनाको उद्धार भएको छ । अरु आठ जनालाई निकाल्ने प्रयास भइरहेको छ ।

घर माथिबाट पहिरो निरन्तर झरेकाले आठ जनाको उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् । गएराति नै स्याङजाको कालीगण्डकी गाउँपालिका ४ मा समेत पहिरोले एकजनाको मृत्यु भएको छ ।

सुतिरहेको बेला पहिरो खसेर विष्णु परियारको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।