Loading... आजः ५ कार्तिक २०७७, बुधबार

अमेरिकामा कति पुग्यो कोरोना संक्रमित र मृतकको संख्या ?

अमेरिकामा कति पुग्यो कोरोना संक्रमित र मृतकको संख्या ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा अहिलेसम्म ९ लाख ८१ हजार ९२१ जनाको मृत्यु भएको छ भने ३ करोड २० लाख ९० हजार १४२ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३६ लाख ७४ हजार ४३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ३७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका काण अहिलेसम्म २ लाख ६हजार ५९३ जनाको मृत्यु भएको छ भने ७१ लाख ३९ हजार ५५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ४३ लाख ९८ हजार ९०७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ३४ हजार ५३ जना उपचाररत छन् । त्यस्तै १४ हजार ८६जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १५ हजार ३१३ जनाको मृत्यु भएको छ भने ७ लाख ९६ हजार ८३० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ७ लाख ५५ हजार ९४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १३ हजार ६२३ जनाको मृत्यु भएको छ भने ६ लाख ९० हजार ४९९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै अमेरिकामा बुधवार मात्रै ४१ हजार ६१६ जना संक्रमित थपिएका छन् भने १ हजार ११२ जनाको मृत्यु भएको छ ।