Loading... आजः ९ मंसिर २०७७, मंगलवार

दसैंको अग्रिम टिकट एक साताभित्र टुंगो लाग्ने

दसैंको अग्रिम  टिकट एक साताभित्र टुंगो लाग्ने

काठमाडौं । सरकारले दसैं, तिहार, छठलगायतका चाडपर्वमा आउन–जान सहज बनाउनका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ ।

यातायात व्यवसायी, उपभोक्ता, संघसंस्था, प्रहरी, यातायात मजदुरलगायतका सरोकारवाला निकायसँग छलफल गरेर एक हप्ताभित्र बुकिङ गर्ने समय टुंगो लाग्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विगतका वर्षजस्तो यो वर्ष मानिसको चाप हुने सम्भावना नरहेको विभागको आकलन छ । धेरै मानिस घरमै रहेका र काठमाडौंमा पनि संक्रमणको अवस्था भएकाले उपत्यका छोड्ने सम्भावना न्यून छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार ४ असोज (आइतबार)सम्म बाहिरदेखि भित्रिनेको संख्या अधिक थियो । तर, सोमबारदेखि बाहिरिने धेरै छन् । ‘पछिल्ला दुई दिनमा २३ देखि २५ हजार मानिस बाहिरिएका छन्,’ महाशाखाका प्रवक्ता रामेश्वर यादवले भने ।

तर, भित्रिनेको संख्या भने त्योभन्दा कम छ । १ असोजदेखि ४ सम्म बाहिरिने संख्या ५७ हजार र भित्रिने संख्या ६३ हजार थियो । तर, अहिले बाहिरिने बढ्न थालेका छन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक महाशाखा, यातायात कार्यालयलगायतले अहिले उपत्यकामा मात्रै ४० ठाउँमा सवारी मापदण्ड अवलम्बन गरेको या नगरेको अनुगमन गरिरहेका छन् । नयाँ पत्रिका दैनिकबाट