Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

आईपिएलः दिल्ली क्यापिटल्सको विजय सुरुवात, पञ्जाव सुपर ओभरमा पराजित

आईपिएलः दिल्ली क्यापिटल्सको विजय सुरुवात, पञ्जाव सुपर ओभरमा पराजित

काठमाडौं । इण्डीयन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले विजय सुरुवात गरेको छ ।

युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीले किंग्स इलभेन पञ्जावलाई सुपर ओभरमा पराजित गर्‍यो ।

खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि मार्कस स्टोईनिसले सर्वाधिक ५३ रन जोड्दा पन्जावका मोहोमद शामीले ३ विकेट लिए ।

जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाएपछि खेल सुपर ओभरमा पुग्यो ।

पन्जावका मायांक अग्रवालले ६० बलमा ८९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

सुपर ओभरमा पन्जावले २ रन मात्रै जोड्दा २ विकेट गुमाएपछि दिल्लीले ३ रनको सामान्य लक्ष्य पाएको हो ।

आईपिएल क्रिकेटमा आज राति सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् । एजेन्सी