Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

काँग्रेस महामन्त्री शशांक कोइराला डिस्चार्ज

काँग्रेस महामन्त्री शशांक कोइराला डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनी स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । डिस्चार्जपछि उनी चिकित्सकको सुझाव अनुसार होम आइसोलेसनमा बस्नेछन् ।

चावहिलस्थित ओम अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै डिस्चार्ज भएका हुन् । उनले सामाजिक सञ्जालमा आफू अस्पतालबाट डिस्चार्ज भएको भन्दै स्वास्थ्य अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा प्रकट गर्न महानुभाव र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् ।