Loading... आजः ९ कार्तिक २०७७, आइतवार

लद्दाख नजिकका १० स्थान चिनियाँ सेनाको नियन्त्रणमा

लद्दाख नजिकका १० स्थान चिनियाँ सेनाको नियन्त्रणमा
फाइल तस्वीर

बाँके । भारतीय सेनाले गस्ती जाने लद्दाख नजिकका १० स्थानमा चिनियाँ सेनाको नियन्त्रण रहेको द हिन्दुले जनाएको छ । उत्तरमा देपसाङ क्षेत्र र दक्षिणमा पाङगोङ सो तालमा रहेका ती स्थानमा गत अप्रिलयता नै गस्ती जानबाट चिनियाँ सेनाले भारतीय सेनलाई रोकेको बताइएको छ ।

बिहीबार मात्र भारतका रक्षामन्त्री राजनाथ सिंहले राज्यसभामा चिनियाँ सेनाले गस्ती जान अवरोध गरेपछि दुई देशबीचका सेनाबीच धक्कामुक्की हुने गरेको उल्लेख गरेका थिए । सैन्य अधिकारीलाई उदृत गर्दै द हिन्दुमा दिइएको जानकारीअनुसार भारतीय सेनाले गस्ती गर्ने स्थान वास्तविक नियन्त्रण रेखा एलएसीसम्म छ ।

तर चिनियाँ सेनाले भारतीय सेनालाई गस्ती गर्न दिइरहेका छैनन् । समाचारका अनुसार गस्ती जाने स्थान नंम्बर ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ एमा गत अप्रिलयता चिनियाँ सेनाका कारण भारतीय सेना पुग्न सकेका छैनन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार मात्र चीनसँग लद्दाखमा जारी तनावको विषयमा प्रतिक्रिया जनाएका छन् ।

राज्यसभामा बोल्दै सिंहले त्यस क्रममा देशको हितका लागि भारतले जस्तोसुकै कठिन कदम उठाउन तयार भएको बताएका थिए । उनले चिनियाँ खतरासँग जुध्न हाम्रा सेना तयार रहेको बताउँदै आइपरे ठूलो कदम चाल्ने उल्लेख गरेका थिए । यसबीचमा भारतीय सेनलाई चिनियाँ सेनाले गस्ती जानबाट रोकेको समाचार आएको हो ।