Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

गजल

गजल

सम्बन्धमा कहिले आशा आए
सोंच्दै नसोंचेका निराशा आए ।

कति हुरी बतासमा केही यस्ता
उडाउला कि भन्ने हतासा आए ।

एकले अर्को बिना बाँच्न नसक्ने
धेरै चोटी बनावटी तमासा आए ।

सबैलाई यस्तै हो कि फरक हुन्छ
मनमा अनेक थरी जिज्ञासा आए ।