Loading... आजः ५ आश्विन २०७७, सोमबार

गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ सय १७ पुग्यो

गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ सय १७ पुग्यो

काठमाडौं ।  गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान र मध्यान्हमा उपलब्ध गराएको विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षण अनुसार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितमा नवलपरासी (सुस्तापूर्व)का २०, स्याङ्जाका १३, तनहुँका ९, कास्कीका ६, गोरखाका २, मनाङका १ र लमजुङका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितहरुमा विदेशबाट आएका, स्वास्थ्यकर्मी, बिरामी भएर अस्पताल पुगेका, सफाई कर्मचारी र कन्ट्याक्ट ट्रेसिङमार्फत पत्तालागेका हरु रहेको निर्देशक शर्माले जनाकारी दिए।

सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्र लैजाने तयारी भयरहेको उनले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११७ पुगेको छ।

सोमबार गोरखाको बारपाक सुलिकोट–८ कि ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।