Loading... आजः ५ आश्विन २०७७, सोमबार
अपराध

अकस्मात् ! ‘उसले हाइ भन्यो, मैले हजुर लेखें’

अकस्मात् ! ‘उसले हाइ भन्यो, मैले हजुर लेखें’
भारतीय नम्बरबाट लगातार मेरो फोनमा घण्टी बजिरहँदा लाग्यो, नजीकैको प्रहरी विट जाउँ र ठूूलो गिरोहको माखेसाङ्लोको पर्दासाफ गरिदिउँ ?

राती अबेर सुुत्ने मेरो बानी हाइस्कूल पढ्ने बेलादेखिकै हो । कतिले यसलाई नराम्रो रुपमा लिएको देखें भने कतिले चाहिँ हो राती सुुनसान हुुँदा पढ्न, संगीत सुुन्न पनि आनन्द हुुन्छ भनेको पाएँ । धेरै पुुस्तक भने मैले पनि राती नै पढेर सकेको छुु । घरीघरी फोनमा आँखा गइरहन्छ कतै कसैले केही लेखेर पोष्ट गरयो कि, वा कसैले केही मेसेज पो पठाइहाल्यो कि । अनि फेरी त्यही क्रम चलि नै रहेको हुुन्छ सधैं । हरियो बत्ती बलेको देखेपछि कतिले किन ? किन नसुुतेको भनि सोध्छन् अनि मैले रेडिमेड उत्तर दिने गर्छुु, ‘निद्रै लागेन’ । आज भने एकजना नचिनेको व्यक्तिको मेसेज आएछ, कहिलेकाहीं यस्तो त भइ नै हाल्छ ।

उसले हाइ भन्यो र मैले हजूूर लेखें । अनि उसले अंग्रेजी आउँदैन ? भनेर लेख्यो । मैले आउँछ तर तपाई नेपाली नै होला भनेर लेखें । उ नेपाली अनुुहारकै थियो । उसले म थाइलैण्डको नागरिक हुुँ तर हाल यूू.के.मा बस्छुु भन्यो । सामन्यत अंग्रेजी साधारण हुुन्छ धेरैको तर उसको अंग्रेजी भने धेरै राम्रो थियो । सायद दुुई दिनमा मलाई उसले खाना खाए नखाएको बारेमा सोधिरह्यो । के मन पर्छ के मन पर्दैन भनेर सोधिरहयो । अनि म चै उसको उत्तर लेख्दै ठीक भएँ । अन्तत उसले सामान्यत अन्य अचिनारु व्यक्तिहरुले झै. फोटो पठाउन अनुुरोध गर्न थाल्यो । तर मैले के हो ? को हो ? नचिनेर फोटो नपठाउने भन्दै टार्न थालें ।

उसले आफनो फोटो पठायो जसमा फ्रान्स कता कता घुुमेको दृश्यहरु कैद थिए र उसको शरीर पनि दि क्याप्रियाको भन्दा कम थिएन । उसले यति नियमितरुपमा मलाई वास्ता ख्याल गर्न थाल्यो कि मैले कहिलेकाहीं बरु आफ्नो घरको फोन गुुमाउँथे, तर उसले जसरी नि शुुभरात्री भनेरै सुुत्ने गथ्र्यो । बिहान उसले अनिवार्य शुुभबिहानी लेखेरै जान्थ्यो । उसको भनाइ अनुुसार उसको पसल छ सायद कस्मेटिक पसल । मैले शुुरुमै भनेकी थिएँ कि म तपाईंकी उमेरकी होइन अनि उसैले मलाई दिदी भन्छुु है भन्यो मैले हुुन्छ भनें ।

राती मध्यरातमा उसले पठाएको गीत सुुन्दा भने उसप्रति अलि उद्धार भावना जाग्न थाल्यो । यो गीतको अर्थ बुुभ्यौ ? भन्थ्यो उसले र मैले बुुझेजति भन्दिन्थें । उ खुुशी हुुन्थ्यो तर म चाहिँ अलि दोधारमा थिएँ, गीतले भन्थ्यो, यदि संसार एउटै भएको भए कति जाती हुुन्थ्यो होला, बोर्डर नभए, सीमानाहरु नभए हामी सब मानव जाति एक हुुन सम्भव हुुन्थ्यो होला…। कस्तो राम्रो भाव है ? भनेर भन्थे म । पुुस्तकहरु पढिरहने भएर होला ओशोले लेखेको गोल्डेन वल्र्डको दर्शन याद दिलायो । त्यसपछि म चाहिँ यो मान्छेको के कारण छ मलाई यतिका दिनदेखि लगातार यतिको ख्याल गर्छ जबकि मेरो घरबाट फोनमा पाँच मिनट बोल्ने फुुर्सद छैन । सोंचिरहन्थें ।

तपाईं मेरी दिदी भएकोले म एक्लो महसुश गरिरहेको छैन भन्थ्यो, मैले ए हो नि भन्न मात्र भ्याउँथे । उसको सम्मान गर्ने भाषा पनि उत्कृष्ट भएकोले खास हानीकारक छैन होला भन्ने मेरो निष्कर्ष थियो । उसले तपाईलाईं के मन पर्छ भनेर सोध्थ्यो, मैले केही त्यस्तो छैन बरु पुुस्तक पढन चाहिँ मन पर्छ भनें । अनि उसले एकदिन चाहिँ म केही उपहार दिन चाहन्छुु तपाईं के भन्नहुुन्छ ? भनेर सोध्यो । मैले त्यस्तो केही पाउने आशामा साथीभाई बनाउन राम्रो लाग्दैन भनें । उसले सम्झायो, तपाईं त्यस्तो नसोच्नुुहोस् यो मेरो एक्लोपनमा तपाईंलाई दिदीको रुपमा पाएको छु स्वीकार्नुुहोला है भनेर सम्झाइरह्यो ।

अनि उसले पठाएका गीतहरु सुुनेपछि यस्तो लाग्थ्यो कि मन एकदम भावुुक हुुने थिए ती सब गीतहरु । सायद कहिल्यै अंग्रेजी गीत नसुुन्ने म ती गीत सुुनेर मैले सब बुुझें र भावविह्ल झैं हुुन्थें । सायद विवाह नगरेकी केटी भए म उसलाई प्रेम प्रस्ताव गर्थें कि ? म प्रविधिमा त्यतिधेरै पोख्त छैन उसले नै प्लेस्टोरबाट ह्वाट्स एप डाउनलोड यसरी गर अनि मलाई एसेप्ट गर यी सबै सिकाएको थियो, नत्र म प्लेस्टोर नै नचलाउने मान्छे । अनि कल पनि गथ्र्यो कहिलेकाहीं । म जबजब घर आउँथे एक किसिमले उसको के आयो होला के लेख्यो होला ? लागिरहन्थ्यो मनमा ।

एकदिन यस्तो भिडियोहरु पठाएछ म छक्क परें । प्राय ती प्रेमील ह्रदय जगाउने खालका अथवा वर्जित भिडियो थिएनन् । यो पहिलो पटक जीवनमा नबुुझेर म के गरुँ झैं भयो । कसलाई कुुरा गरुँ भनेर सोँच मग्न भएँ र उही मलाई जीवनमा कहिल्यै धोका नदिएका, जस्तो अवस्थामा पनि सहि र बेसहि बताइदिने साथीलाई सब कुुरा बताएँ । उसले भन्यो, ‘तिमी कसैलाई यसरी विश्वास पनि नगरीहाल ताकी मान्छेहरु विश्वास योग्य नहुुन पनि सक्छन् ।’ मच्छिन्द्रनाथको जात्रा हेर्न निस्किएकी थिएँ तर म भने सोँचाइमा परेर जात्रा नै त्यति रोचक लागिरहेको थिएन ।

उसले पठाएको सामान नेपाल आइपुुग्न लागेको थियो र त्यति राम्रो उपहार त आजसम्म मलाइ कसैले दिन सकेको थिएन । हुुन त विदेशीहरुमा त्यो गुुण पनि हुुन्छ जुुन हामीमा छैन भन्ने पनि लागिरहेको छ । कोरोनाले उसका आफन्तहरु मृत्युु भएर विरक्त भएको अवस्थामा यस्तो निर्णय गर्यो कि । धैत् म भने एउटा तस्वीर पनि दिन नसक्ने…। उल्टै प्रोफाइल हेर न भनिदिएछुु । एकपल्ट दिमाग उल्टो चलेको थियो, प्रहरीकहाँ यो नम्बर दिदिउँ कि ? को रहेछ, किन उसले मलाई यतिका सामान पठाउँछ ? जिज्ञासा लागेको थियो । कोरोनाको कहरले कहाँ जाने ? उही रथ तान्ने ठाउँमा यसो जाने र घर आउने अनि काम गर्ने आफनो दैनिक दिनचर्या छँदैंछ ।

उसको भनाइ अनुुसार आज सब सामान आइपुुग्दैछ नेपाल । साँच्चीकै फोन आयो, मास्क अलिकति उठाएर बोलें म, उताबाट उसले भन्यो, ‘हजूूरको सामान आइपुुग्यो, थोरै चार्ज लाग्ने भयो, बन्दरगाह चार्ज त लाग्छ नि ।’ मैले ए हो ? भनें । कति तिर्नुुपर्यो त भनें । उसले हिन्दीमा भन्यो, ‘नेरु असी हजार रुपैंयाँमात्र’ ! अनि मैले त्यो साथीलाई सम्झें, ‘विश्वास पनि नगरीहाल है’ । मृग मरीचिका झैं लाग्ने त्यो सम्बन्धले एउटा यस्तो संसारको गहिरो अँध्यारो पाटोको उद्घाटन गर्दै गयो, कस्ता महँगा गहनाहरु थिए उसका उपहारहरु, ताराझैं चम्कने ती हीराका हारहरु, सुुनका सिक्रीका गहनाहरु, कानमा लाउने टपहरु, स्टाइलका जुुत्ताहरु साथमा दश लाखको क्रेडिट कार्ड पनि ।

अनि भनेको थियो, ‘सामान लिन एक्लै जानुु नत्र त्यही साथमा गएको साथीले तिमीलाई माग्ने, लुुट्ने गर्न सक्छ ।’ भारतीय नम्बरबाट लगातार मेरो फोनमा घण्टी बजिरहँदा लाग्यो, नजीकैको प्रहरी विट जाउँ र ठूूलो गिरोहको माखेसाङ्लोको पर्दासाफ गरिदिउँ ? मैले पढ्दै आएको अपराधमा यो घट्ना पहिले पनि घटेको सम्झना आयो र दुुई जना महिलाहरुले ती महङ्गा गहना ल्याउन सब पैसा सकिएपछि अन्तिममा प्रहरीको सहारामा पुगेको घटना थियो । कति महिलाहरु यस्ता अपराधीहरुको जञ्जालमा परेर जीवन बर्बाद गरिरहेका होलान् ?

 

ललितपुुर
१४ सेप्टेम्बर २०७७