Loading... आजः ३ आश्विन २०७७, शनिबार

प्रिमियर लिग : आज चार खेल, लिभरपुल लिड्ससँग खेल्दै

प्रिमियर लिग : आज चार खेल, लिभरपुल लिड्ससँग खेल्दै

एजेन्सी । प्रिमियर लिगअन्तर्गत नयाँ सिजन अन्तर्गत आज (शनिबार) बिभिन्न चार खेल हुँदैछन् ।

लिगअन्तर्गत च्याम्पियन लिभरपुलले आफ्नो पहिलो खेलमा लिड्सको सामना गर्दै छ । लिभरपुलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०ः१५ बाट सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै लिभरपुल नयाँ सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । यता यो सिजन मात्र शीर्ष डिभिजनमा बडुवा भएको लिड्स पहिलो खेलमा जित निकाल्दै सिजनको उत्कृष्ट सुरुआत गर्ने योजनामा छ ।

नयाँ सिजको सुरु गर्न लागेका दुबै टोलीको योजना जित नै हुनेछ । गत सिजन लिभरपुलले ३० वर्षको प्रतीक्षालाई समाप्त गर्दै गत सिजनको प्रिमियर लिग उपाधि जितेको थियो । त्यस्तै लिड्स यसै सिजनबाट प्रिमियर लिगमा बढुवा भएको हो ।

लिग अन्तर्गत आज नै हुने खेलमा फुलहामले आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ । फुलहामको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ मा सुरु हुनेछ ।  त्यस्तै क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई आतित्यथा प्रदान गर्दा , वेस्ट वेस्टह्मविरुद्ध न्युक्यासलविरुद्ध खेल्नेछ ।

पहिलो दिनको खेल सिजको सुखद सुरुआत गर्नको लागि सबै टोलीका लागि महत्वपूर्ण हुनेछन् ।