Loading... आजः १५ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी कमिटी बैठक सकियो

अध्यक्षद्वयको प्रतिवेदन पारित गर्दै नेकपा स्थायी कमिटी बैठक सकियो

अर्का अध्यक्ष दाहालले बैठकको समापन गरे
अध्यक्षद्वयको प्रतिवेदन पारित गर्दै नेकपा स्थायी कमिटी बैठक सकियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक आजबाट अन्त्य गरिएको हो।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गरेको प्रतिवेदन पारित गर्दै बैठक सकिएको हो। पार्टी विवाद समाधान गर्न महासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्वयले परिमार्जन गर्दै बैठकमा पेश गरेका थिए।

उक्त प्रतिवेदनलाई पारित गर्दै बैठक समापन गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए। बैठकको उद्घाटन मन्तव्य राखेर प्रधानमन्त्री एवम् अध्यक्ष ओली बाहिरिएपछि अर्का अध्यक्ष दाहालले बैठकको समापन गरे।

प्रतिवेदनमा एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री ओली रहने, तर पार्टीको कार्यकारी अध्यक्ष भने दाहाल रहने उल्लेख गरेको छ। पार्टी विवाद उत्कर्षमा पुगेपछि गएको २९ साउनमा पौडेलको संयोजकत्वमा कार्यदल बनेको थियो। उक्त कार्यदलले ६ भदौमा दिएको प्रतिवेदन अनुसार, नेकपा अब महाधिवेशनतिर केन्द्रीत हुनेछ।

गएको १५–१९ माघको केन्द्रीय कमिटी बैठकले नै आगामी फागुनमा एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार, नेकपा महाधिवेशनतिर केन्द्रीत हुनेछ।