Loading... आजः १९ फाल्गुन २०७७, बुधबार
नेपाल कम्युनिष्ट पार्टी

डेढ महिनादेखि स्थगित नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

कार्यदल बनाएर प्रतिवेदन पनि तयार
डेढ महिनादेखि स्थगित नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं ।  आन्तरिक किचलोका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन । पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।

प्रतिवेदनले विवाद समाधानका लागि उपाय दिएकाले अब स्थायी कमिटीको बैठकमा जानकारी दिने अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो ।

विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको छ ।

तर माधवकुमार नेपाल पक्षले भने दुई जना अध्यक्षबीच मात्रै भएका सहमति नमान्ने र पार्टीमा नेताहरुको मनपरी हटेर विधिसम्म निर्णय हुनुपर्ने अडानमा रहेको छ ।

प्रधानमन्त्री ओलीले विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेकोलगायतका आरोप लागेपछि नेकपाभित्र विवाद चुलिएको थियो ।