Loading... आजः १० मंसिर २०७७, बुधबार
Trending:

गायिका लक्ष्मी आचार्यलाई जंगवहादुर र पृथ्वीनारायण जन्माउन मन लागेपछि…

गायिका लक्ष्मी आचार्यलाई जंगवहादुर र पृथ्वीनारायण जन्माउन मन लागेपछि…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण देखाएर विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी लकडाउनले गर्दा देशका जनताहरुको अवस्था नाजुक भइसकेको छ । नेपाली जनताको नाजुक अवस्था भैसक्दा पनि नेपाली जनताको अमूल्य भोटवाट देश बनाउँछु भनेर कसम खाएर हिँडेका नेताहरुले केही राहत दिएन । उनीहरु केवल सत्ताको लुछाचुँडी गरेर सत्ताको नाटक देखाइरहेको छ ।

यो अवस्थामा नेपाली जनताले जे सोचेको थियो । त्यो नपाउँदा भोको पेटले विद्रोह जन्माउन थालिसकेको छ । त्यो विद्रोहको आवाज सामाजिक सञ्जालहरुमार्फत घन्किन थालिसकेको छ । चर्चित अविवाहिता लोकदोहोरी गायिका लक्ष्मी आचार्यले पनि सरकारलाई तिखो व्यंग्य गरेर विद्रोह पोखेकी छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘देशको हालत देख्दा बिवाह गरेर दुइटा जङ्गबहादुर र एउटा पृथ्वीनारायण नजन्माई भएन जस्तो लाग्न थाल्यो ।’

गायिका आचार्यको यो स्टाटसमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् । गायिका आचार्यको यस प्रतिक्रियालाई समर्थन गर्ने कतिपयले जंगवहादुर र पृथ्वीनारायण जन्माउन काजी बालनरसिंह कुँवर र नरभूपाल शाह दुवैसँग विवाह गर्नुपर्ने जस्तो ठट्यौली प्रतिक्रिया पनि दिएको पाइएको छ । यथार्थमा देशको वर्तमान हालत देख्दा जंगवहादुर तथा पृथ्वीनारायण जस्ता सपुत नै चाहिने हो कि भन्ने बहस पनि हुन थालेको छ ।