Loading... आजः ८ आश्विन २०७७, बिहीबार
कोरोना कहर

मृत्युपछि ८० बर्षिया वृद्धामा कोरोना पुष्टि

मृत्युपछि ८० बर्षिया वृद्धामा कोरोना पुष्टि

बाँके । बाँकेमा ८० बर्षिय एक महिलाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१६ का ८० बर्षीया महिलाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि आइतवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी महिलाको मंगलवार विहान करिब ७ बजेतिर मृत्यु भएको थियो । कोरोना परिक्षणका लागि सोमबार स्वाव संकलन गरी सोमबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पठाइएको थियो ।

विहान मृत्यु भएकी ती वृद्धाको मंगलवार दिउँसो पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै बाँकेमा मृत्युपछि कोरोना भाइरस संक्रमण हुनेको संख्या ८ पुगेको छ ।