Loading... आजः १५ आश्विन २०७७, बिहीबार
बिकटताको नियती

पीडामा मल्हम लगाउन भेटिएका सहयोगी हातहरु

अब उनलाई उपचार गर्न सकिन्छ भनेर म ढुुक्क भएँ ।
पीडामा मल्हम लगाउन भेटिएका सहयोगी हातहरु
अनि मनमनै सोचें, आखिर मैले त केही गरिनँ अरुले गरे । यो संसारमा यस्ता पनि मानिसहरु छन् जसले ति को हुुन् ? चिन्दैनन् तर निष्फिक्री निश्वार्थ प्रेम गर्छन् ।

माघको महिना थियो । मुुगुुबाट फोन आयो । जिल्ला वा फिल्डमा रहेका साथीहरु घरीघरी फोन गरिरहन्छन्, मैले त्यसदिन पनि सामान्यरुपमै फोन उठाएँ । ‘एकजना बच्चीको पछाडिको भाग जलेछ, हाल उनको अवस्था नाजुुक छ, हामीले के गर्न सक्छौं ? लौ न केही गरौं’ भन्ने सुुनेपछि म अलि संवेदनशील भएँ । कामहरु जति गरेपनि नसक्ने नै हुुन्छन् कति गर्ने तर पनि काम नगरी सुुख छैन । सोच्छुु म के गर्न सक्छुु ? एउटा गरीब मानिस जसको बच्चीलाई कुुरुप देख्नुुपर्दा मन कति दुुख्छ होला । जीवनभरी बोझ बनेर बस्नुुको पीडा कति दर्दनाक हुुन्छ ।

एकजना चिनेको सरलाई पो गुुहार्न पर्यो भनेर एउटा कल गरें र मनमा निकै आशाको दियो जलाएँ । भोलीपल्ट जवाफ पाएँ, ‘सरी मैले मेरो कार्यालयबाट सहयोग गर्न नसक्ने भएँ’ म खिन्न भएँ । यतिखेरसम्म फोन धेरैपटक आइसकेको थियो, मैले कोशिष गरिरहेको छुु भन्नुुबाहेक केही उपाय थिएन । दुुर्गम गाउँमा किन घटना हुुन्छ ? किन बच्चा बच्चीको ख्याल गर्दैनन् आमा बुुबा ? मनमा कुुरा खेलिरह्यो । जिज्ञासा पनि जाग्यो र सोधेर थाहा पाएँ, त्यो माघ महिनामा सबै हामी माघे सक्रान्ति मनाउने त्रममा बुुबाले पुुरी पकाउन र घर परिवार मिलेर खाने इच्छ जागेछ र उनले चूूलामा ठूूलै कराइ बसाएछन् ।

तेल धेरै भएको ठानेर तातिएको कराइलाई हठात भूूइँमा उतार्ने क्रममा हातबाट चिप्लेर झर्यो र त्यसले ठूूलो असर बच्चीलाई पछाडिबाट लाग्यो र पोल्यो र हेर्नै नसकिने भयो । कहिले कहिले चाडपर्व नै घातक बनिदिन्छन् । तिहारमा घर र गाउँ नै आगलागी भएर जल्छन् । सोंचे, पैसा उठाएर कस्तो कस्तो सहयोग जुुटाउँछन्, अरुले म जाबो यति कुुराको पनि सहयोग गर्न सक्दिनँ ? आफैंबाट अलि हार खाएजस्तो महसूस भयो । समय घर्किंदै गइरहेको थियो । फेरी अर्को एकजना पन्थ सरको सम्झना आयो, उहाँ नेपालगन्जमा बस्नुुहन्छ । सहयोग माग्ने बेलामा धेरै जनाको नाम सम्झें, तर धेरैजसो पुुरुष सरहरुको नै नाम लिष्ट अगाडि किन आउँछ ? मलाई यतिखेर चाहिँ निकै पश्चाताप लागेको थियो, किनकी प्रमुुख पदमा पुुरुषहरु नै हुुनुुहुुन्छ त के लाग्छ ?

एक दुुई जनाबाहेक महिलाहरुको नाम कम मात्रै दिमागमा आयो फेरी सहयोग नै खोज्न के पुुरुष के महिला ? उहाँलाई फोन गर्ने आँट गरेपछि तुुरुन्तै जवाफ आएन र म फोन आएमा के भन्ने भनेर आत्तिरहेकी थिएँ । त्यो नानीको के भएको भनेर बल्ल चासो दिएझैं सोध्नुुभयो पछिल्लो दिनतिर, मेरो लागि त्यो पनि ठूूलो उपलब्धिको कुुरा थियो । मनमनमा अब केही हुुन्छ कि त ? भनेर खुुशी भएँ । म निरन्तर तल्लिनताका साथ मेरो फोन बज्नसाथ कसको हो भनेर उत्सुुक भएर नम्बर हेर्थें, एकदिन त उहाँ चिनेकै पन्थ सरको रहेछ मैले उत्सुुक भएर सोधिहालें, ‘सर, केही हुुनेभयो ?’ ‘मलाई नानीको फोटो पठाउन सक्नुुहुुन्छ ? यदि सक्नुुहुुन्छ भने त्यो के भएको हो हेरौं’ भन्नुुभयो ।

त्यसपछि मलाई अब हुुन्छ हुुन्न भन्नेमात्र कौतुुहलता थियो । अनि मनमा खूूब दोधार भयो किनकि त्यो फोटो पठाउँ भने साह्रै गाह्रो, नपठाउँ कसरी ? सहयोग नमिल्ला के गरौं के गरौं भयो । तर आँट गरेर त्यो फोटो मैले उहाँलाई पठाएँ, उस्तैले त्यो फोटो हेर्न सक्ने अवस्था नै थिएन, नांगो र आगोले जलेको त्यो विभत्स रुप कसरी पठाउने ? तर मैले ‘सरी, यो फोटो तपाईं बाहेक अरुलाई देखाउन सक्दिनँ’ पनि भनेँ र पठाएँ । उत्तर पाइरहेकी थिइनँ, मनमा त्यो बच्चीको जीवन मरणको कुुरा थियो । उता गाउँपालिकालाई पनि अनुुरोध गरियो तर यस्ता अकस्मात् घट्नामा सहयोग गर्ने बजेट छैन भनेपछि झन् मन मर्यो । के गाउँपालिकाहरु बालबालिकाका लागि संवेदनशील छैनन् त ? सोचिरहें । यत्तिकैमा फोनको घण्टी बज्यो, उठाएँ सर बोल्नुुभयो र भन्नुुभयो ‘त्यो बच्चीलाई तत्काल नेपालगञ्ज उडाएर कसरी ल्याउन सकिन्छ ?

मैले उडान खर्च व्यवस्था गर्नका लागि सहयोग जुुटाउँछुु भन्नुुभयो, म खुुशीले तीन फीट उफ्रे । भगवानको भूूत कमारो भनेझैं भयो मलाई । अब उनलाई उपचार गर्न सकिन्छ भनेर म ढुुक्क भएँ । काठमाडौंमा एकमात्र वर्न अस्पतालमा उनको उपचार हुुन सम्भव थियो उनीहरुले गाउँले पाराले उपचार गरिरहेका थिए, नरिवलको तेल दल्नुुबाहेक उपाय केही थिएन । उनको बाँच्ने टुुङ्गो लागे पनि शरीर अपाङ्ग हुुने ठुूूलो सम्भावना रह्यो । शुुक्रबारको दिन थियो, मैले यो बीचमा धेरै धेरै अन्य कुुराहरु बुुझिरहेको थिएँ । हवाइजहाजमा बस्न पनि नहुुने बच्ची कसरी ल्याउने त ? भन्ने प्रश्न आउन थाल्यो त्यो कुुराको लागि एयरपोर्टमा कर्मचारीसँगै कुुरा गरेर अनुुरोध गरें ।

बाजुुरा हुुँदै नेपालगन्ज ल्याउनुुपर्ने भएपछि चिनेकालाई लौ न पनि भन्नुुपर्ने भयो । कति पत्रकार अनि कति राजनीतिक व्यक्तिहरु गुुहार्नुुपर्ने भयो किनकी बाजुुराबाट उड्न नपाएमा कति दिनपछि जहाज आउँछ पत्तो हुुन्न । सोर्सफोर्स चाहिन्न भन्ने मान्छे म जहाजमा बिरामी बच्चीको लागी चिनेसम्मकालाई फोन गरें । गाउँभरीका मान्छेहरुमध्ये दुई जनाले उनलाई बाजुुरासम्म पुुरयाउन सघाए । नेपालगन्जसम्म आएपछि पाइलटले नबस्ने बच्चीलाई प्लेनमा लग्न नसकिने भनेपछि फेरी पनि हारगुुहार गरें एयरपोर्टका कर्मचारीहरुसँग । बल्ल उनीहरु काठमाडौं उडे । काठमाडौं उत्रिएपछि फोन गर्नुु भनेकी थिएँ कल आयो तर साँझको सात बजिसकेको थियो ।

म उनीहरुलाई लिन एक्लै एयरपोर्ट पुुगेकी थिएँ किनकि काठमाडौंमा प्राय सबै व्यस्त रहन्छन् । म पुुग्दा बाबुु र छोरीमात्र उभिएर एकतमासले कहिले कतिखेर को लिन आउने हो ? त्यो कहिल्यै नदेखेको व्यक्तिसँग विश्वास पनि गर्ने नगर्ने आदि मनमा हुुँदो हो, त्यो मिरमिरेको साँझमा एउटी दुुर्गम गाउँकी कहिल्यै काठमाडौं नदेखेकी चार वर्षे केटी बाबुुको साथमा आइपुुगेकी छ । हेर्दा खिरिक्क परेकी तर पछाडि भने दर्द भरिएको छ । मैले टाढैबाट देंखें उनीहरुले पनि ठम्याएर हेरे, नजाने उनको मुुहारमा बाल मुुस्कान थियो नै । अनि म भलाकुुसारी गरेर त्यो नयाँ नौलोपनलाई सहज बनाउन केही कुुराहरु गर्न थालें । उनले आफनो नाम पवनी हो भनिन् ।

नजिकै एकजना छरिती स्मार्ट पाइन्ट लगाएकी तर सामान्य महिला हातमा चकलेट लिएर आइन् र बच्चीलाई दिइन् । नचिनेकाले दिएको चकलेट खानुु हुुन्न भनेर शहरकाले भन्छन् र लिनै मान्दैनन् तर उनले सहजरुपमा गाउँको सरल र निर्दोष मनले त्यो स्वीकार गरिन् । मैले ‘ए चकलेट दिनुुभएको हो बहिनी ?’ भनेर अलि बोल्न खोंजें । उनले भनिन्, ‘हेर्नुुस न यो बच्ची कति हँसिलि है ? अनि चकलेट दिएको नि’ भनिन् । अनि मैले, ‘हो नि तर उसको पीडा चाहिँ के हो भनेर देख्नुुभएकै छैन’ भनें । चकित भइन् उनी र किन हो त्यति भनेपछि उनले के भएको हो सोधिन् ।

मैले बताउन सकिने, बरु उनको जामा उठाएर जब घाउ हेर्नुुस् न भनेर देखाएँ उनको मन साँच्चै रोएछ, एकछिन् बोलिनन् । तपाईं चाहिँ को हो ? भनेर म तिर उनको ध्यान गयो । म त कोही होइन, तर उनलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सहयोगी मात्रै हुुँ भनें । उनले किन हो मेरो फोन नम्बर टिपेर लगिन् । उनको त्यो थोरै बोल्ने शैलीले मलाई उनी शालीन व्यक्तित्व लागिन् । उनलाई सिधै अस्पताल भर्ना गर्न लगें तर त्यो रात डाक्टर छैन भनेर मानेनन् अनि कोठा खोजेर खाना पनि भनिदिएँ । म रातको दश बजे कोठा आएँ, मेरो एक जना सह्रदयी मित्रले गाडी उपलब्ध गराएकी थिइन् ।

भोलीपल्ट अस्पताल भर्नाको लागि फोन गरें, कार्यालयको कामले जान पाइन, तर लगातार फोन भने दिनभरि गरें र साँझ हेर्न गएँ । उनको त अपरेशन हुुन्छ मासुु काटेर पुुर्नुुपर्ने हुुनसक्छ, घाउ गम्भीर हुनसक्छ भनेपछि मैले जे होस् नानी सञ्चो र स्वास्थ हुुनुुपर्यो भनें । उताबाट जहाजको टिकट मिलाइदिने सरलाई फोन गर्न छोडेकी छैन, किनकी वहाँको सद्भाव नभएको भए आज उनी यहाँसम्म आइपुुग्ने थिइनन् । कामको चाप कार्यलयमा उस्तै छ, टेबलबाट आँखा एकछिन माथि उठदैनन् तर मैले उनको लागि जसोतसो समय मिलाइरहेकी थिएँ । अस्पतालका डाक्टर पनि ख्याति प्राप्त हुुनुुहुुँदोरहेछ ।

फोन बज्यो, उठाएँ, महिला बोलिन्, ‘म अस्ति एयरपोर्टमा भेटेकी गुुरुङ्ग बहिनी बोल्दैछुु दिदी’ अनि अस्ति भेटेको बच्चीको के छ खबर छ ? सोधिन् र फोन नम्बर मागिन् । उता अस्पतालमा अपरेशनको मिति सार्दा सार्दा म दिक्क भइसकेकी थिएँ । खर्च पनि सकियो भनेर भन्न थालेपछि म फेरी आत्तिएँ र सिनियर डाक्टरसँग पनि कुुरा गरें, तर बच्चीलाई खोकी अत्यधिक छ, यो बेला अपरेशन गर्नुु नै हुुँदैन भनेर जानकारी पाएँ । एकसरो जामामात्र छ, तुुरुन्त थर्मस किनेर केही सरसामानसहित अस्पताल पुुगें । उनको हालमा सानो रुमाल जो हजार पटक पट्टयाउँदै खोल्दै गर्ने खेल खेलेर कति दिन काटिसकिन् ।

मसँग पनि धेरै पैसा त थिएन, ताकी उनको हातभरी खेलौना भरिदिउँ । तर हात खर्च अलिकति दिन लाग्दा मसँगै जाने मेरो कार्यालयका साथीले सहजै रु पाँच हजार झिकेर दिनुुभयो । सायद यो मलाई नै दिएको झैं लागिरहेको थियो । नानीको एक महिना भएको थियो ननुुहाएको शरीर, कपडा पनि एकसरो थियो त्यो सब किनेर पुुरा गराइयो । उनी राम्ररी नसुुतेको पनि त्यति नै दिन भइसकेको थियो, प्रमुुख समस्या भनेकै बस्न नहुुने र सुुत्न नहुुने हो घाउको कारण, घोप्टो परेर बसेको महिना दिन भइसकेको थियो । तातो तेलमा परेको घाउको पीडा उनलाई जति कसलाई थाहा होला र । त्यसपछि निकै दिनपछि अपरेशन भयो बीचमा जान सकिन केही दिन ।

म आत्तिएँ, अपरेशनमा पनि पुुग्न पाइन भनेर । तर नेपालगन्जबाट सरहरु आउनुुभयो र दश हजार खर्च दिनुुभयो भनेको सुुनेपछि म ढुुक्क भएँ केही दिन । त्यसपछि भने म जान थालें । दुुई हप्ता बसेर गरेको खर्च, औषधि खर्च, अपरेशन खर्चको बिल कति आउने होला भनेर मनमनै सोचिरहेकी थिएँ र अब डिस्चार्ज पनि हुुने बेला भो भनेर भेट्न गएँ । उहाँले अर्थात् नानीको बुुबाले खुुशी हुुँदै सुुनाउनुुभयो, ‘सबै बिलको पैसा अस्ति एयरपोर्टमा भेटेको गुुरुङ्घसेनी दिदीले हिजो सब तिरेर जानुुभयो’ अनि मनमनै सोचें, आखिर मैले त केही गरिनँ अरुले गरे ।

यो संसारमा यस्ता पनि मानिसहरु छन् ति को हुुन् ? चिन्दैनन् तर जसले निष्फिक्री निश्वार्थ प्रेम गर्छन् । त्यसपछि हाम्रो फोन सम्पर्क पनि छैन ती अचिनारु बहिनीसँग, उनी मजस्तै त व्यस्त होलिन् । म बेस्सरी सम्झन चाहान्छुु, नेपालगन्जका सर अनि गुुरुङ्घसेनी बहिनी ‘सहयोगी मनका तपाईंहरु जहाँ हुुनुुहुुन्छ स्वस्थ रहनुुहोस् र यसरी नै चुुपचाप मानव सेवामा लागिरहनुुहोस्, यसै लेखमार्फत भन्न चाहन्छुु ती नानी हाल स्वस्थताका साथ घर फर्किसकेकी छिन् । आफ्ना आमा बाबासँग खुुशीसाथ बसिरहेकी छन्, कोभिडको समस्या नहुुँदो हो त उनी बालविकास केन्द्रमा साथीसङ्गीहरुसँग खेल्दै रमाइरहेकी हुुन्थिन् । तथापि घर परिवारमा रमाएरै बसिरहेकी छिन् भनेर फोन आएको छ सहयोगका लागि आत्मैदेखि धन्यवाद !

हाल : ललितपुुर झम्सीखेल
मिति : २०७७ भाद्र २२ गते