Loading... आजः १० आश्विन २०७७, शनिबार
Trending:

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए। शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

उनले आफ्नो सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने बताए। भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो।

रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ। उनले आफू दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नगएको बताएका छन्।