Loading... आजः ८ आश्विन २०७७, बिहीबार

बंगलादेशको एक मस्जिदमा विष्फोट हुँदा १२ को मृत्यु, दर्जनौँ घाइते

बंगलादेशको एक मस्जिदमा विष्फोट हुँदा १२ को मृत्यु, दर्जनौँ घाइते

ढाका ।  बंगलादेशको राजधानी ढाकास्थित एक मस्जिदको ‘एयर कन्डिसनर’ विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। शुक्रबार राती प्रार्थना गरिरहेका बखत भएको सो विष्फोटमा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विष्फोट प्रार्थना सकिएपछि राती करिब ९ बजे फर्किने समयमा भएको थियो। ग्यास लिक भएर यस्तो भयानक घटना भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

उक्त विष्फोटको समयमा करिब सय भक्त मस्जिदमा रहेका बताइएको छ। मस्जिदमा रहेका आठ वटा एयर कन्डिसनर बाटो आगोको मुस्लो निस्किएको थियो। विष्फोटपछि लागेको आगो नियन्त्रण गर्न करिब आधा घण्टा लागेको थियो।

अग्नि सेवा तथा नागरिक सुरक्षा बंगालादेशले उक्त घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ।