Loading... आजः ५ आश्विन २०७७, सोमबार
मौसम पूर्वानमान महाशाखा

केही स्थानमा भारी वर्षाको सम्भावना, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

सावधानी अपनाउन आग्रह
केही स्थानमा भारी वर्षाको सम्भावना, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

काठमाडौं। देशभरको मौसम शनिबार सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ रहेकाले मनसुनी गतिविधि हाल केही कमजोर भएको छ ।

अहिले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भई बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।