Loading... आजः ५ आश्विन २०७७, सोमबार
कोरोना कहर

छ महिनादेखि कोरोनासँग जुधिरहेकी सङ्क्रमित भन्छिन्, ‘कसरी निको हुने थाहा छैन’

छ महिनादेखि कोरोनासँग जुधिरहेकी सङ्क्रमित भन्छिन्, ‘कसरी निको हुने थाहा छैन’
केही मानिसलाई यस्तो खालको सङ्क्रमण देखा परिरहेको छ जुन निको नै भएको छैन ?

बीबीसी । मोनीक ज्याकसनलाई महामारी सुरु भएकै समयमा कोभिड–१९ सङ्क्रमण भयो र झण्डै छ महिनापछि अझै पनि उनी बिरामी नै छन् । यस्तो अवस्थामा रहेका हजारौँमध्ये एक उनले आफूलाई देखिएका लक्षण र निको हुने असफल प्रयासका चित्र कोर्दै सङ्कलन गरेर राखिरहेकी छन् ।

एक वर्षअघि ज्याकसनले च्याउबारे एउटा प्रवचन हेरेकी थिइन् र त्यसबाट उत्साहित भएकी थिइन् । वक्ताले भनेका थिए कि ढुसी वास्तविक विश्वव्यापी सञ्जाल हुन् किनभने ती रूखको मुन्तिर फैलिन्छन् र रूखहरूलाई समस्या पर्दा सहयोग पुर्याउछन् । अहिले कोरोना सङ्क्रमणसँग लगातार २४ औँ हप्तामा सङ्घर्ष गरिरहँदा उनले त्यो कुरा बारम्बार सम्झिरहेकी छन् ।

भर्खरै अध्ययन भइरहेको लामो समयसम्म रहने कोभिड १९ आफूलाई भएको उनलाई शङ्का छ । उनी मार्चमा बिरामी भइन् र सुरुमा मध्यम रोग देखियो तर उनको लक्षण कहिले समाप्त भएको छैन । पाँच महिनापछि पनि उनले आफ्नो शरिरमा के भइरहेको छ भनेर बुझ्ने कोशिस गरिरहेकी छन् । ज्याकसन उनकै शब्दमा निरन्तर सक्रिय रहने व्यक्ति हुन् ।

साधारण अवस्थामा उनी थाइ बक्सिङ अभ्यास गर्थिन र लन्डनमा रहेको आर्ट ग्यालरी पुग्न र फर्कन प्रतिदिन १२ माइलसम्म साइकल चलाउँथिन् । तर पछिल्लो केही महिना उनको जीवन बदलिएको छ । अहिले उनको शयनकक्षको भित्तामा दैनिक अत्यावश्यक काम पूरा गर्न चाहिने शक्ति जोहो गर्न सम्झाउने एउटा सूची टाँसिएको छ ।

‘म अल्छी होइन,’ उनले भनिन् । तर कतिपय दिन यस्ता छन् जुन दिन उनलाई शरीरले साथ दिएको छैन । त्यस्तो अवस्थामा उनले आफूलाई पोख्ने माध्यम समाजिक सञ्जाल इन्स्टाग्रामलाई बनाएकी छन् । त्यहाँ उनले आफूलाई देखिएका लक्षणका विस्तृत सङ्केतको दैनिकी नै तयार पारेकी छन् ।

उनले त्यहाँ आफ्नो नयाँ अवस्थाबारे मानिसहरूलाई जानकारी दिने र त्यस्तै अवस्थामा ‘लामो समयसम्म’ बिरामी रहेका अरूसँग जोडिने माध्यम बनाएकी छन् । कोरोना भाइरसबारेको धेरै कुरा जटिल छ तर लामो समयसम्म कोभिड देखिएको अवस्था यो महामारीको बुझ्न नसकिएको पक्ष हो । केही मानिसलाई यस्तो खालको सङ्क्रमण देखा परिरहेको छ जुन निको नै भएको छैन ?

आफ्नो साथीसँग रेलमा यात्रा गर्दा ज्याकसन पहिलोपटक बिरामी भइन् । सुरुमा उनीहरू सम्पर्कमा थिए र दुवैमा देखिएको लक्षण पनि उस्तै थियो । सुरुको दुई हप्ता रुघाखोकीको सङ्क्रमण देखिए पनि उनलाई जीउ गल्ने भएपछि ओछ्यान छाड्न एकदमै गाह्रो भएको थियो । दोस्रो हप्तापछि उनलाई श्वासप्रश्वासमा समस्या भयो तर एउटा एम्बुलेन्स आएर उनको शरीरमा अक्सिजनको तह ठीक भएको जबाफ दिएर फर्कियो ।

लक्षण र अप्ठेरो

मार्चमा परीक्षण गर्ने किटहरूको यूकेमा अभाव भएको र ती कडा लक्षण भएकाहरूका लागि राखिएकाले उनको परीक्षण गरिएन् । उनले घरेलु उपचारमा ध्यान दिदैँ काँचो लसुन खाइन् । त्यसबेला स्वाद थाहा नपाएको र गलेको अनुभव गरेको सम्झँदै उनले त्यसको दुई हप्तापछि ती लक्षणहरू हराए पनि नयाँ लक्षणहरू देखिएको र छातीको मध्यभागमा दुख्न थालेको बताइन् ।

उनले ९११ मा फोन गर्दा चिकित्सकहरूले पारासिटामोल लिन सुझाएका थिए । परासिटामोलले काम गरेपनि उनलाई पेट र घाँटीमा पीडा हुन थाल्यो । चिकित्सकहरूले उनलाई अल्सर भएको आशङ्का गरे तर पछि आएर भाइरसले पनि ग्यास्ट्रिकसँग मिल्दोजुल्दो लक्षण निम्त्याउनसक्ने कुरा मान्न थालियो । छ हप्तापछि उनलाई पिसाब पोल्ने र ढाढको मुन्तिर दुख्ने हुन थाल्यो ।

चिकित्सकहरूले विभिन्न किसिमका एन्टीबायोटिक दिएपपछि मात्रै उनलाई ब्याक्टेरियाको सङ्क्रमण नभएको निष्कर्ष निकाले । त्यो पछि त्यसै निको भएर गयो । यो अवधिमा उनी सामाजिक सञ्जालबाट अलग्गै बसिन् । किनभने उनलाई त्यहाँ मृत शरीरसम्बन्धी पोस्ट हेर्नुपर्छ भनेर डर लाग्यो । उनमा विभिन्न लक्षणहरू देखापर्ने क्रम जारी रह्यो ।

अप्ठेरोका माझ यूके सरकारले कोरोना लक्षण रहेका सबैले परीक्षण गराउन सक्ने बतायो । एक जना साथीको मद्दतले परीक्षण केन्द्रमा पुगे पनि उनले त्यहाँ सैनिकहरू तैनाथ रहेको देखिन् । परीक्षणको नतिजा नेगेटिभ आयो । त्यसबाट उनले सन्तोषको अनुभव गरिन किनभने उनलाई भनिएको थियो कि उनीबाट साथी तथा परिवारका सदस्यमा सङ्क्रमण सर्न सक्छ ।

उनले आफ्नो डायरीमा लेखेकी छन्, ‘सङ्क्रामक बन्ने अनुभूति मनोवैज्ञानिकरूपमा गरेर अघि बढ्न गाह्रो भयो ।’ आराम महसुस नगरेकाले पनि उनी थप अन्योलमा थिइन् । पहिलो पटक बिरामी भएको चार महिनापछि उनी बाहिर निस्किइन् । पूर्वी लन्डनको घरबाट उनी सरसफाईजस्ता साधारण कामहरू गर्न अप्ठेरो भएपछि आफूलाई मद्दत गर्ने परिवारसँग नजिक बस्न इच्छुक भएकी थिइन् ।

उनको श्वासप्रश्वासमा सुधार भएको थियो । भर्याङ् चढ्दा सास बढेका कारण उक्लन सक्ने अवस्थामा नरहेकी उनी जुलाईमा चढ्न सक्ने भएकी थिइन् । तर कोठा सफा गर्ने प्रयास गरेको चार मिनेटमा नै उनी सास फेर्न नसकेर अर्धचेत भइन् । त्यसपछि उनी तीन हप्ता ओछ्यानमा परिन् । उनलाई कसरी ठिक हुने थाहा थिएन ।

‘मानिसहरूले मलाई मनिक तिमी फेरि साइकल चलाउँछौ, बक्सिङ खेल्छौ र सञ्चो भएपछि मेरोमा आउ भनिरहेका थिए । तर मलाई त्यसले मद्दत गरिरहेको थिएन ।’ चिकित्सकलाई थाहा छैन् । चिकित्सकहरूलाई उनीजस्तो लक्षण भएका बिरामीलाई कसरी मद्दत गर्ने भन्ने थाहा छैन । ‘म इमेल चलाएर बस्थेँ वा चिकित्सकसँग कुरा गर्थेँ र त्यसपछि आफ्ना साथीहरूसँग कुरा गर्थेँ र गल्थेँ । म आफ्नो दाँत पनि माझिरहेको थिइन ।’

उनले मानसिक स्वास्थ्यको थेरापी प्राप्त गरेकी छन्, जसले उनलाई आफ्नो नयाँ वास्तविकतालाई स्वीकार गर्न मद्दत गरिरहेको छ । उनले सोचेकी पनि थिइनन् कि आफ्नो रोगका कारण उनी च्याउका पारखीहरूसँग जोडिनेछन् । च्याउसँग भाइरसविरोधी गुण हुन्छन् एउटा पोस्टमा उनले लेखेकी छन् । तिनीहरू एउटा वृहत् र सुन्दर वस्तुको हिस्सा हुन् ।

नजिकैको रूखको जरासँग सम्पर्कमा रहेका माइसेलियम भनिने भूमिगत धागोहरूको सञ्जालले ढुसीलाई खाने गर्छ । ती जराहरूमार्फत माइसेलियमले पोषण तत्व एक अर्कामा पठाउँछन् । कैयौँ विज्ञले ढुसीले रूखहरूलाई एकआपसमा सम्पर्क गर्न सघाउने क्रममा स्वस्थ्य रूखमा रहेका पोषणतत्वलाई सङ्घर्ष गरिरहेका रूखमा पुर्याउने विश्वास गर्छन् ।

यसले उनलाई आफ्नो ढोकामा महिनौँसम्म खाना ल्याइदिने साथीहरूको सम्झना गराएको छ । ती मानिसहरू जोसाग उनी बिरामी परेदेखि नै निर्भर रहेकी छन् । ‘म कोठामा एक्लै बसेकी छु तर अरू बेलाभन्दा अझ जोडिएको महसुस गरेकी छु,’ मोनीक ज्याकसनले पत्रकारहरुसँग भनेकी छन् ।