Loading... आजः २ माघ २०७७, शुक्रबार

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं । बिहीबारको झडपमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जना पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीका अनुसार ललितपुरका ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथबिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, पक्राउ परेका छन् ।

यसैगरी ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य पक्राउ परेका छन् ।

यस्तै भक्तपुरका श्याम श्रेष्ठ र काठमाडौंका ४० वर्षीय यादवलाल कायस्थ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरु माथी अभद्र ब्यबहारमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।