Loading... आजः १५ आश्विन २०७७, बिहीबार
कोरोना कहर

डब्लुएचओले भन्यो, ‘१२ वर्षमाथिका बालबालिकालाई मास्क अनिवार्य’

डब्लुएचओले भन्यो, ‘१२ वर्षमाथिका बालबालिकालाई मास्क अनिवार्य’

बाँके । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १२ वर्ष वा त्योभन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नुपर्ने जनाएको छ । मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्योभन्दा माथिका बालबालिका, किशोरकिशोरीसहितले मास्क लगाउनुपर्ने उल्लेख छ ।

बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ । डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने जनाएको छ । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख दुई हजार ७०० भन्दा बढीको ज्यान भएको छ ।

संक्रमित हुनेको संख्या दुई करोड ३१ लाख २१ हजारभन्दा बढी पुगेको छ । डब्लुएचओको नयाँ निर्देशिका अनुसार १२ वर्षभन्दा माथिकाले वयश्कले जस्तै मास्क लगाउनुपर्ने तथा ६ देखि ११ वर्षसम्मका बालबालिकाको हकमा भने संक्रमण फैलिएको क्षेत्र वा संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाउनुपर्ने उल्लेख छ । मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नुपर्ने पनि डब्लुएचओले जनाएको छ ।