Loading... आजः २२ श्रावण २०७७, बिहीबार
Trending:

कालङ्गा नदीले बगाउँदा दुई जना बेपत्ता

बझाङ । बझाङ जिल्लाको कालङ्गा नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केदारस्युँ गाउँपालिका ४ का १४ वर्षीय किशोर जगत अधिकारी र केदारस्युँ गाउँपालिका १ का १३ वर्षीय किशोर रोशन दमाई रहेका छन् ।

जगत शुक्रबार साँझ ६ बजे कालङ्गा नदीमा जाल फाल्दै गर्दा बगेको चप्पल रोक्ने क्रममा बगेका हुन् । रोशन शनिबार दिउँसो २ बजे नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।


सम्बन्धित समाचार